विज्ञापन

भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन् । छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमा आयात भइरहेको सस्तो गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको र लागत मूल्य समेत नउठेको भन्दै किसानहरूले विरोध प्रदर्शन गरेका हुन् ।

मुख्य बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्य न्यून विन्दुमा झरेपछि किसानहरू स्वतःस्फूर्त रूपमा सडक आन्दोलनमा उत्रिएका हुन् । नेपाली बजारमा भारतीय टमाटरको अनियन्त्रित आयात नै नेपाली किसान मारमा पर्नुको मुख्य कारण रहेको बुझिएको छ । भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीले नेपाली उत्पादनलाई विस्थापित गरेपछि नेपाली टमाटर बारीमै कुहिने, सडकमा फाल्नुपर्ने दयनीय अवस्था सिर्जना भएको किसानहरूको भनाई छ ।

बजारमा व्यापारीहरूले नेपाली टमाटर खरिद गर्न अनिच्छा देखाउने र खरिद गरे पनि अत्यन्तै न्यून मूल्य आएपछि किसानहरू सडकमा आएका हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बुधबारको दैनिक मूल्य विवरणले पनि किसानहरूले गोलभेँडाको भाउ नपाएको देखाउँछ । समितिको आधिकारिक तथ्याङ्क अनुसार आज बजारमा सानो लोकल गोलभेँडाको न्यूनतम थोक मूल्य प्रति केजी मात्र ८ रुपैयाँ तोकिएको छ भने यसको अधिकतम मूल्य १२ रुपैयाँ मात्र रहेको छ ।

समग्रमा सानो लोकल गोलभेँडाको औसत थोक मूल्य प्रति केजी ९ रुपैयाँ ५० पैसा मात्र कायम भएको छ । त्यसैगरी, टनेल प्रविधिबाट उत्पादित सानो गोलभेँडाको औसत मूल्य प्रति केजी १४ रुपैयाँ ६० पैसा र ठुलो नेपाली गोलभेँडाको औसत मूल्य प्रति केजी ३८ रुपैयाँ ७५ पैसा रहेको छ । यसरी हेर्दा आम उपभोक्ताले खुद्रा बजारमा महँगो शुल्क तिर्नु परिरहे पनि प्रत्यक्ष उत्पादन गर्ने किसानले भने प्रति केजी १० रुपैयाँ पनि हात पार्न नसकेको देखिन्छ ।

अस्तित्व रक्षाका लागि आन्दोलन

नुवाकोटको ककनीका अगुवा गोलभेँडा उत्पादक किसान एवं व्यवसायी श्रीराम घिमिरेले नेपाली कृषि क्षेत्र र किसानको अवस्था अत्यन्तै उपेक्षित बनेको बताएका छन् । विगतमा पनि किसानका हकहितका लागि अनशन समेत बसिसकेका घिमिरेका अनुसार कुनै औपचारिक संस्था वा समितिको ब्यानर विना नै पीडित किसानहरू आफ्नो अस्तित्व रक्षाका लागि आन्दोलनमा होमिएका हुन् ।

यो आन्दोलनमा ककनी लगायत काठमाडौँ उपत्यका वरपरका विभिन्न जिल्लाका पीडित टमाटर उत्पादक कृषकहरूको बाक्लो सहभागिता रहेको छ ।

स्वदेशी कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नारा नारामै सीमित हुँदा वास्तविक किसानहरू पलायन हुने अवस्थामा पुगेको उनको तर्क छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन