विज्ञापन

विपद् व्यवस्थापनका लागि कांग्रेसले बनायो ‘एसआरटी’

विज्ञापन
Image
विज्ञापन

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीनदिने पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापन समारोहमा एसआरटी टोली गठनको घोषणा गरिएको हो ।

प्रशिक्षणमा देशभरबाट सहभागी ४० जना युवालाई विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

समापन कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपदमा परेका नागरिकको जीवन बचाउने अभियानको यो सुरुवात भएको उल्लेख गर्दै प्रशिक्षित युवाहरूलाई सेवाभावका साथ सक्रिय हुन आग्रह गरे । उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का समाचार सुन्ने र हेर्ने अवस्थाबाट अघि बढेर पीडितको उद्धार र पुनर्स्थापनामा प्रत्यक्ष योगदान दिने दक्ष जनशक्ति तयार भएको बताए ।

शर्माले नेपाली कांग्रेसले देशभर यस्ता एक हजार दक्ष विपद् स्वयंसेवक उत्पादन गर्ने लक्ष्य राखेको पनि जानकारी दिए ।

प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध ११ जना विपद् विज्ञले सहजीकरण गरेका थिए ।

प्रशिक्षकका रूपमा पिताम्बर अर्याल, भोजराज घिमिरे, सुशील पण्डित, तिवेन्द्रराज बाँस्कोटा, रामप्रसाद भट्टराई, सुरेश पण्डित, भूपमणि दाहाल, कल्पना रावल, सौरभ निरौला र लक्ष्मण माली सहभागी थिए ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाका अनुसार प्रशिक्षणमा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार र प्रतिकार्यसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन