विज्ञापन

मनकामना मन्दिरमा भक्तजनका लागि स्वास्थ्य सहायता कक्ष स्थापना

विज्ञापन
Image
विज्ञापन

२१ साउन, गोरखा । मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले मन्दिर परिसरमै प्राथमिक स्वास्थ्य उपचार सेवा पाउने भएका छन् । मनकामना क्षेत्र विकास समिति र शहिद लखन गाउँपालिकाको संयुक्त साझेदारीमा स्वास्थ्य सहायता कक्ष स्थापना भएको छ ।

इसिजीसम्मको प्राथमिक उपचार उपलब्ध गराउने उदेश्यले स्थापना भएको कक्षको वुधवार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष रमेश थापाले एक कार्यक्रमकाबीच कक्षको उद्घाटन गरेका हुन् ।

मन्दिर दर्शनका लागि लाइन बस्ने भक्तजनहरुमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै कक्ष स्थापना गरिएको मनकामना क्षेत्र बिकास समिति कार्यकारी निर्देशक अन्जन बस्न्यातले बताए । ‘वार्षिक लाखौं भक्तजनहरू मनकामना दर्शन गर्न आउनुहुन्छ’, उनले भने, ‘निरहार लाइनमा बस्दा स्वास्थ्य समस्या भई मृत्यु समेत हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै कक्ष स्थापना गरेका हौ ।’

उक्त कक्षमा स्थानीय वृद्ध तथा अशक्तहरुको आकस्मिक उपचार समेत हुने उनले जानकारी दिए । कक्षका लागि आवश्यक जनशक्ति पालिकाले उपलब्ध गराउने छ ।

अन्य व्यवस्थापनको जिम्मा समितिको रहने छ । कक्षका लागि मेडिकल सामग्री मनकामना दर्शन प्रालिले सहयोग गरेको छ भने कक्ष संचालनका लागि मासिक रुपमा केही खर्च व्यवस्थापन गर्ने मन्दिर मूल पुजारी इन्सान थापा मगरले प्रतिवद्धता जनाएका छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन