विज्ञापन

कांग्रेस इतर समूहको राष्ट्रिय भेला मिराकल पार्टी प्यालेसमा, प्रमुख अतिथि शेरबहादुर देउवा

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले साउन २९ गतेदेखि ३१ गतेसम्मका लागि तय गरिएको भेला मिराकल पार्टी प्यालेसमा गर्ने निश्चित भएको जानकारी दिए ।

‘भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको छ । भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्छ,’ नेता विश्वकर्माले रातोपाटीसँग भने ।

राष्ट्रिय भेलाको उद्घाटन समारोह साउन २९ गते दिउँसो १ बजे सुरु हुने विश्वकर्माले जानकारी दिए । पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी २ दिन बन्द सत्र हुने विश्वकर्माले बताए ।

३० गते बिहा ८ बजेदेखि ९ बजेसम्म खाजा त्यसपछि १२ बजेसम्म बन्द सत्र हुने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्ट्याइने विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन