१६ भदौ, काठमाडौं । चार दिनपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आइतबार दिउँसो २ बजेबाट राजमार्ग एकतर्फी खुला भएको छ ।

१२ भदौका दिन सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) अन्तर्गत शुभकालिका १ गगने खोला, जितेगडा, कालेखोला, दहीखोला लगायत स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसले सो भेगको यातायात र ढुवानी सेवा प्रभावित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0