विज्ञापन

टीभीएसको ‘Golden Key’ अफर सार्वजनिक : १० लाखसम्म क्यास डिस्काउन्टदेखि १००% क्यासब्याकसम्मको मौका

विज्ञापन
Image
विज्ञापन

बुटवल २८, भदौ । चाडपर्वलाई लक्षित गर्दै नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आकर्षक फेस्टिभ क्याम्पेन ‘TVS Golden Key’ सार्वजनिक गरेको छ।

“यो चाडपर्व TVS को साथमा, भाग्यको चाबी तपाईंको हातमा” भन्ने नारासहित ल्याइएको यस अभियानअन्तर्गत टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक पुरस्कार तथा सुविधा प्राप्त गर्ने अवसर पाउनेछन्।

अभियानअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, Gold Key जित्ने अवसर तथा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यस्तै, हरेक दिन २ जना भाग्यशाली ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिस पाउने व्यवस्था गरिएको छ।

ग्राहकको सहजताका लागि नागरिकता र लाइसेन्सको प्रतिलिपिबाटै फटाफट फाइनान्स सुविधा समेत उपलब्ध हुने जनाइएको छ।

बुटवलमा ‘Balaji Automobiles’ बाट लिन सकिने
देशभर रहेका जगदम्बा मोटर्सका टीभीएस शोरुमहरूबाट यो विशेष ‘TVS Golden Key’ अफरमा सहभागी हुन सकिनेछ। बुटवलका ग्राहकहरूले भने मिलनचोक नजिकै रहेको Balaji Automobiles बाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गरी अफरको लाभ लिन सक्नेछन्।

दशैं तथा चाडपर्वको अवसरमा नयाँ सवारी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको यो योजनामा १० लाखसम्मको क्यास डिस्काउन्ट, १००% सम्म क्यासब्याक, Gold Key र ५ वर्षसम्म निःशुल्क सर्भिस जस्ता आकर्षक सुविधा समेटिएका छन्।

यसकारण नयाँ टीभीएस खरिद गर्न चाहने ग्राहकका लागि ‘TVS Golden Key’ यस वर्षको चाडपर्वको आकर्षक अफर बन्ने देखिएको छ।

नोट: सम्पूर्ण अफर तथा सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार लागू हुनेछन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन