काठमाडौँ । सरकारले एक लाखभन्दा बढी पशुलाई कृत्रिम गर्भाधान गराउने लक्ष्य लिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी असोज महिनाभित्र एक लाख २५ हजार पशुलाई कृत्रिम गर्भाधान गराउने लक्ष्य लिएको हो ।

मन्त्रालयले पशुवस्तुमा उच्च नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराउने लक्ष्य लिएको हो ।

सरकारले गाई भैँसीको कृत्रिम गर्भाधानका लागि एक डोज वीर्य बापत २५ रुपैयाँमा शुल्क लिँदै आएको छ । सरकारले पछिल्लो पटक मुर्रा, साँढे, उच्चकोटी बाख्रा लगायतको वीर्य कृत्रिम गर्भाधानका लागि प्रयोग गर्दै आएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0