१७ भदौ, काठमाडौं । सरकारले पानी उद्योगी, ढुवानीकर्ता र वितरकका लागि सर्त तोकेको छ ।

पानीको बिक्री वितरणलाई प्रभावकारी बनाई सुपथ मूल्यमा गुणस्तरीय पानी उपभोक्तासमक्ष उपलब्ध गराउन यस्तो सर्त तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।

तोकिएका सर्त पालना भए/नभएको बारे विभागबाट अनुगमन–निरीक्षण हुने र सर्तको उल्लंघन गरेको पाइए कानुन बमोजिम कारबाही हुने समेत उनले जानकारी दिएका छन् ।

सरकारले पानी उद्योगी र ढुवानीकर्ताबीच अनिवार्य सम्झौता गरी खरीद तथा बिक्री बिल जारी गर्नु सर्त तोकेको छ ।

सादा बिल प्रयोग नगर्न समेत विभागले सचेत गराएको छ । ढुवानीकर्ताले खुद्रा विक्रेतालाई समेत अनिवार्य बिल दिनु पर्ने भएको छ ।

बिल बिजक जारी नगरी पानीको कुनै पनि कारोबार नगर्न समेत सरकारले सचेत गराएको छ ।

जार तथा बोटल पानी प्रचलित कानुन बमोजिम लेबलमा उल्लेख गर्नुपर्ने विषय एम्बुसिङ प्रिन्ट/स्प्रे प्रिन्ट/अन्य विधिमार्फत अनिवार्य उल्लेख गर्नुपर्ने सर्त समेत तोकिएको छ ।

यो सर्त पानी उद्योगी, ढुवानीकर्ता र वितरकले अनिवार्य पालना गर्नुपर्ने समेत पाण्डेले बताए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0