२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ८ सय करदाता थपिएका छन् ।

महानगरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बहाल करतर्फ ३ हजार ३१७ जना करदाता थप भएको छ ।

यस्तै व्यवसाय करतर्फ ३ हजार १६७ जना र सम्पत्ति करतर्फ १ हजार ३३९ जना करदाता थप भएको छ ।

महानगरले करको दायरा बढाउन प्रत्येक वडामा घरदैलो कार्यक्रम समेत गरेको थियो । कर दाताको संख्या बढेसँगै राजस्वमा वृद्धि हुने अनुमान महानगरको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0