काठमाडौँ । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर नौ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् । स्थानीय छत्र निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेको पूर्व वडाध्यक्ष पुण्य प्रसाईँले रातोपाटीलाई जानकारी दिए ।

‘मंगलबारको पुजा रहेछ । स्थानीयहरूले उक्त दिन प्रसाद खाएपछि बेलुकाबाटै बिरामी हुन थालेछन् । बुधबार धेरै जना बिरामी परेको खबरपछि बिरामीहरूलाई स्थानीय अस्पताल लगिएको थियो’, प्रसाईँले भने, ‘धेरै त बुधबार नै डिस्चार्ज भएका छन् ।’ उनले चार पाँच जना विएण्डसी र केही शनिश्चरे अस्पतालमा अझै उपचाररत रहेको बताए ।

बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । फुडपोइजनका कारण उनीहरू बिरामी परेको हुनसक्ने स्थानीयको भनाइ छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0