काभ्रे । जिल्ला सहकारी सङ्घ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित भएका छन् । सङ्घको नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन्।

गएराति अबेर सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पोटेले १९० मत पाए भने उनको प्रतिस्पर्धी राजन शाक्यले १४९ मत पाए । महिला उपाध्यक्षमा पोटेकै प्यानलबाट उठेकी मिरा सत्याल १७२ मतसहित विजयी हुँदा राधिका दाहाल घिमिरेले १५३ मत पाइन् ।

यसैगरी उपाध्यक्षमा शान्ति लामा तामाङ, सचिवमा प्रकाश बन्जारा र कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा विजयी भए । तामाङले १७०, बन्जाराले १ सय १८६ र सापकोटाले १७६ मत प्राप्त गरे ।

उपाध्यक्षमा पराजित ठाकुरनाथ अधिकारीले १६४, सचिवमा पराजित यदुनाथ हुमेगाईंले १४९ र कोषाध्यक्षमा पराजित हिमाली श्रेष्ठले १६० मत प्राप्त गरे । सञ्चालक सदस्यहरूमा अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रंजित, मोहनकुमार श्रेष्ठ र रोशनकुमार श्रेष्ठ विजयी भएका छन् ।

सदस्यमा बलाम मानन्धर र सुदर्शन अधिकारीले बराबर १ सय ५४ मत प्राप्त गरेका कारण गोलाप्रथाबाट अधिकारी विजयी घोषित भएका छन् । महिला सदस्यमा यसअघि नै देवकी तिमल्सिना दाहाल निर्विरोध भएकी थिइन् ।

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्यमा पवन राज कर्णजीत निर्वाचित भएका छन् । ३ सय ४६ जना मतदाता रहेकोमा निर्वाचतमा ३ सय ४३ मत खसेको थियो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0