काठमाडौँ । २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती महिलालाई काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित प्यासिफिक गेस्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0