२६ भदौ, काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका ५ को दलित महिला वडासदस्य पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।

नेपाली नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित भएकी थिइन् । कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार पदबाट हटाइएको आयोगले जनाएको छ ।

नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम पदमुक्त भएकी हुन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0