बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित भएका छन् । निर्वाचन समितिकाका अनुसार अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी तुलसीराम न्यौपानेले २३० मत प्राप्त गरे ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए। जसमा अधिकांश पदमा गौचन नेतृत्वको प्यानलका उम्मेदवार विजयी भएका छन् ।

एसोसिएसन को उद्योग उपाध्यक्षमा ध्रुवराज भुसाल र वाणिज्य उपाध्यक्षमा बाबुराम आचार्य निर्वाचित भएका छन् । महासचिवमा पुनीत पोखरेल, कोषाध्यक्षमा नमराज सुवेदी, सचिवमा मनिस पाण्डे र सह कोषाध्यक्षमा केशवराज भण्डारी निर्वाचित भएका छन्।

त्यसै गरी कार्यकारिणी सदस्यमा गोपालप्रसाद घिमिरे, यज्ञप्रसाद पाण्डे, यदुमणि पङ्गेनी, सूर्यनारायण महतो,विजय पाण्डे, गुरुप्रसाद भट्टराई, हिमालकुमार श्रेष्ठ र गणेश तिम्सिना निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा रोशन पाण्डे सदस्यमा नारायणप्रसाद खनाल र अरुणकुमार अर्याल निर्वाचित भएका छन्।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0