१ असोज, काठमाडौं । काभा महिला क्लब भलिबल लिग च्याम्पियनसिपमा नेपालको विभागीय क्लब नेपाल पुलिसले तेस्रो जित निकालेको छ ।
पुलिसले ताजकिस्तानको डियामेद भलिबल क्लबलाई ३–० को सेटमा हराएके हो । माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१५, २५–१२ र २५–१५ ले हराएको हो ।
पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको ह्युमो क्लबलाई र दोस्रो खेलमा श्रीलंकाको एयर फोर्स क्लबलाई ३–० को सेटमा हराएको थियो ।
पुलिसले चौथो खेल माल्दिभ्स पुलिससँग खेल्नेछ ।
पुलिस गत चैतमा भएको एनभीए क्लब च्याम्पियनसिपको विजेता बन्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलेको हो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0