काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित टिप्पणी गरेका छन् । सहकारीको रकम अपचलनबारे रवि लामिछानेले क्लिन चिट पाएको चर्चा भइरहेका बेला महासचिव पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्ने स्पष्ट भएको बताएका हुन् ।

कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी गरिने खर्चबारे जानकार हुनु नपर्ने रास्वपाका नेता कार्यकर्ताको दाबीको खण्डन गरेका हुन् ।

महासचिव पोखरेलले यस्तो लेखेका छन्–

कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीइओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ ।

अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’ महासचिव पोखरेलले बुधवार सामाजिक सञ्जालमा लेखेका छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0