३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ ।

आनन्द भैरव मार्गस्थित हिमाल हस्पिटल नजिक डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय सुरेश परियारको कोठाबाट गरगहना, नगद र अरु सामान चोरी भएको हो ।

कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब ९ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु भने फरार छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0