६ असोज, काठमाडौं । आशा लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । यसअघि पनि कम्पनीले कुल १५ प्रतिशत नै लाभांश दिएको थियो । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ५ रुपैयाँ छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0