७ असोज, काठमाडौं। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा हेडक्वाटर तानेर उनको ठाउँमा नयाँ डीआईजी पठाइएको छ ।

निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा अर्का डीआईजी जनक भट्टराईलाई पठाइएको राईले बताए ।

यसअघि २६ भदौमा रकम लेनदनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो । उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआईजी लालमणि आचार्यलाई पठाइएको थियो ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0