रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले पहिलो पटक एकजना गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सीडीयो हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन्।

फकरुदिन अलिअहमद शेखले रौतहटको गढीमाई नगरपालिका ३ साबिक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरी गैर आवासीय नागरिकता प्रमाणपत्र लिएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासीय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सीडीयो रेग्मीले जानकारी दिएका छन्।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0