काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैंकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बोनस शेयर घोषणाका लागि बैंकले ५६ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नगद लाभांशका लागि २ करोड ९८ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ बैंकले जनाएको छ ।

बैंक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा प्रतिशेयर ४.३४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको उल्लेख गरेको थियो । त्यसमध्ये अधिकांश रकम लाभांशको रुपमा वितरण गर्न लागेको हो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0