८ असोज, काठमाडौं । चन्द्रा भण्डारीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा मंगलबार वालिङ नगरपालिकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीलाई जिताउन चन्द्र भण्डारीले ४२ औं, ५४ औं र ७३ औं मिनेटमा गोल गरिन् । विमला विकले ३८ औं र ९० औं मिनेटमा तथा अमिशा कार्कीले ६१ औं र ७१ औं मिनेटमा गरी २/२ गोल गरे । वालिङकी खेलाडी फतुमाले एक आत्मघाती गोल गरिन् ।
जितपछि ८ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित वालिङ समान खेलबाट १२ अंकसहित चौथो स्थानमा छ ।
@अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1