सुर्खेत । सुर्खेतको सिटी बसपार्कमा लफडा भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रुलाई तानातान गर्ने र दुःख दिने क्रियाकलापमा सक्रिय समितिका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी गराए ।

उनका अनुसार यसअघि विभिन्न समितिहरू मिलेर बनेको संयुक्त यातायात प्रालि फुटेर छिन्नभिन्न भएको छ । फुटेकाहरू नियम, कानुनभन्दा बाहिर गएर मनमर्जी गर्ने, लडाइँ, झगडा गर्ने र यात्रुलाई तानातान गरेर दुःख दिने काम गरिरहेको उनले बताए ।

बुधवार बिहान पनि सोही विषयमा लफडा भएको र तीन जनालाई नियन्त्रणमा लिइएको विश्वकर्माले बताए ।

‘बसपार्कमा त सँधैको लफडा त छ, यात्रुलाई अनावश्यक दुख दिएको छ, यताउता तानेको छ,’उनले भने, ‘बसपार्कका व्यक्तिहरूका कारण प्रहरीलाई समेत दुःख भएको छ । उनीहरू न नियम मान्छन्, न मिलेर चल्छन् ।’

संयुक्त यातायात व्यवसायी प्रालि मङ्गलवार मात्रै फुटेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0