विज्ञापन

राधाकृष्ण मन्दिर व्यवस्थापन अध्यक्षमा बाबुराम खनाल

विज्ञापन
Image
विज्ञापन

२४ असोज तम्घास, गुल्मी जिल्लाको रेसुङ्गा नगर पालिका ५ भुवनपानीको ऐतिहासिक राधाकृष्ण मन्दिरको मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले वर्तमान अध्यक्ष बाबुराम खनाललाइनै पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

बाबुराम खनालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खिलध्वज पन्थीले धर्म संस्कृतीको रक्षा एवं जगेर्ना गर्दै धार्मिक सहिष्णुता कायम गर्दै अगाडि बढ्नुपर्ने बताए । समग्र मन्दिरको ऐतिहासिक पृष्ठभुमि सहित आध्यात्मिक चिन्तनको बिषय सहित कृष्ण खनाल (कुस्मा) ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिहरु, नेपाल सरकारका उपसचिवहरु झविन्द्र खनाल र गोकर्ण खनाल, समाजसेवी व्यक्तित्वहरु, प्रध्यापक, शिक्षक, बुद्दिजिवी, आजिवन सदस्यहरू लगायत १५० जना बढिको उपस्थिति रहेको थियो ।

राधाकृष्ण मन्दिरको दिगो व्यवस्थापन र आगामी कार्यदिशाको सन्दर्भमा अध्यक्ष, कोषाध्यक्ष र सचीव द्वारा प्रस्तुत प्रतिवेदन सर्व सहमति द्वारा पास गरिएको हो ।

अधिवेशनले अध्यक्ष सहित १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जस्मा उपाध्यक्ष गिता खनाल, सचीव टामलाल पौडेल, सहसचिव कृष्ण खनाल, कोषाध्यक्ष धुर्वराज खनाल त्यसैगरी सदस्यहरुमा प्रेमलाल खनाल, गोपाल प्रशाद खनाल, गणेश मरासिनी, सावित्रा खनाल, श्यामलाल कुवर, नेत्र प्रशाद पौडेल, भुपती खनाल, श्याम प्रशाद खनाल तथा विधान अनुसार अध्यक्षले मनोनयन गर्ने २ पद रिक्त राख्दै समिती गठन भएको हो ।

सहसचिव कृष्ण खनाल को स्वागत मन्तव्य तथा
सचीव टामलाल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन