काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । उनलाई फिर्ता बोलाउनुको कारण खुलाइएको छैन ।

मोरङमा प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । लिम्बु प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । कार्कीलाई उनको ठाउँमा ल्याइएको छ ।

नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0