विज्ञापन

शीतले छपक्कै सडक, होला शीतलहरको घोषणा ?

विज्ञापन
Image
विज्ञापन

२४ पुस, काठमाडौं । तराईका जिल्लामा कुहिरो र शीतलहरले जनजीवन प्रभावित भएको छ । सडक क्षेत्र पानी परेजस्तो छपक्कै भिजेको छ । दिउँसो १२ बजेसम्म घाम पनि राम्रोसँग लागेको छैन ।

रुपन्देहीको बुटवल र कपिलवस्तुको गोरुसिंगे खण्डको सडक छपक्कै भिजेको सो सडक भएर यात्रा गर्नेहरुले बताएका छन् । ‘बाहिर निस्किँदा शरीर नै भिज्छ, राजमार्गमा हेर्दा पानी पोखिएजस्तो छ,’ एक यात्रीले भने ।

लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ स्थित खुर्सानी खोलामा पनि सडक पानीले भिजेको देखिन्छ । जसका कारण सडक चिप्लो हुँदा सवारी आवागमन नै प्रभावित भएको छ ।

नवलपरासी पश्चिम प्रहरीका अनुसार मंगलबार मध्यरातिदेखि बुधबार बिहानसम्म पनि राम्रोसँग सवारी साधन सन्चालन हुन सकेका छैनन् । पहाडको घुमाउरो बाटो भिजेर चिप्लो हुँदा गाडी नै चलाउन नसकिएको एक चालकले बताए । उनका अनुसार अत्यधिक जाडो पनि भएकाले हात कठ्याङ्ग्रिएर स्टेरिङ चलाउन पनि समस्या भएको छ ।

नवलपरासी पश्चिम प्रहरीबाट प्राप्त फोटो र भिडियो हेर्दा राजमार्ग क्षेत्रमा रोकिएका गाडीहरुको लामो लाइन देखिन्थ्यो । प्रहरीहरु सो क्षेत्रमा रेनकोट लगाएर ड्युटीमा खटिएको देखिन्छ ।

मौसमविद के भन्छन् ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शीतलहरको घोषणा भने गरिसकेको छैन । मौसमविद गोविन्द झा आफूहरुले सुक्ष्म अवलोकन गरिरहेको र सबै क्राइटेरिया पूरा भएमात्र शीतलहर चलेको घोषणा गर्ने बताउँछन् ।

उनका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्था लगातार तीन दिनसम्म भयो भने शीत लहर चलेको घोषणा गरिन्छ । ‘हिजो र आजको जस्तै अवस्था अब भोलि पनि भयो भने शीतलहरको घोषणा हुनसक्छ,’ मौसमविद झा भन्छन्, ‘हामीले नजिकबाट अवलोकन गरिरहेका छौं ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन