विज्ञापन

बिग ब्यास लिगको ड्राफ्टमा नेपालका ६ खेलाडी, १६ वर्षीय विपिन शर्मासहित

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । अष्ट्रेलियामा हुने प्रतिष्ठित टी–२० फ्रेन्चाइज लिग **बिग ब्यास लिग (बीबीएल)**को ड्राफ्टमा नेपालका ६ जना खेलाडी पनि परेका छन्। उनीहरूमध्ये १६ वर्षीय युवा बलर विपिन शर्माको समावेशले विशेष ध्यान खिचेको छ।

विपिनले पछिल्लो संस्करणको **नेपाल प्रिमियर लिग (एनपीएल)**मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका थिए। साथै, उनले यू–१९ नेपाली टिममा स्थान बनाइसकेका छन्। यसै वर्षको अप्रिलमा अफगानिस्तानविरुद्ध घरेलु मैदानमा भएको श्रृंखलामा ४ विकेट लिँदै उनले आफूलाई प्रमाणित गरेका थिए। हालै सुर्खेतमा सम्पन्न यू–१६ राष्ट्रिय खेलकुद प्रतियोगितामा कप्तानको भूमिकामा उनले टिमलाई उत्कृष्ट प्रदर्शन गराएका थिए।

क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको ड्राफ्ट सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको नाम पनि छ। उनले यसअघि २ सिजन बिग ब्यास लिग खेलिसकेका छन्। यसपटक ड्राफ्टमा समावेश अन्य नेपाली खेलाडीहरूमा शेर मल्ल, अर्जुन साउद, देव खनाल र आरिफ शेख पनि छन्।

यसपालिको बीबीएल ड्राफ्टमा नेपालसहित विभिन्न देशका गरी ४४० खेलाडीको नाम समावेश गरिएको छ। लिगका ८ वटा फ्रेन्चाइज टोलीहरूले यही सूचीबाट खेलाडी छनोट गर्नेछन्। बिग ब्यास लिग आगामी डिसेम्बर २१ देखि अष्ट्रेलियाका विभिन्न सहरहरूमा आयोजना हुने तालिका छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन