विज्ञापन

विप्लवले गरे चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चाका संयोजक समेत रहेका विप्लवले यस्तो प्रस्ताव गरेका हुन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले तत्काल मोर्चा विघटन गर्दा राम्रो सन्देश नजाने भन्दै विप्लवको प्रस्ताव अहिले नै कार्यान्वयन गर्नु उपयुक्त नहुने धारणा राखेका थिए ।

‘विप्लवजीले मोर्चामा समय दिने कुरामा पनि नेताहरुमा समस्या देखियो र हामीले भनेजसरी गतिविधि गर्ने कुरामा पनि समस्या नै भयो’, बैठकमा विप्लवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसले गर्दा यो मोर्चा अहिले स्थगित गर्दिउँ ।’

नेता विप्लवले बरु अलि चल्नेगरी दुई-चार महिना वर्कआउट गरेर पुन: सुचारु गरौं भन्ने प्रस्तावमा अरु नेताहरुले असहमति जनाएका थिए ।

‘तर अरु नेताहरुले कमजोरी हटाउने र उहाँलाई नै अध्यक्ष राख्ने भनेपछि त्यसैमा सहमति भयो’, स्रोतले भन्यो, ‘स्थगित पनि नगरौं र तपाईंले संयोजक पनि नछोड्नु भनेपछि उहाँ सहमति हुनुभयो ।’

बैठकमा मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष पनि निकालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाका सबल पक्ष र दुर्बल पक्षको समीक्षा भएको भन्दै यसलाई प्रभावकारी बनाउन अझ सुदृढ गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताए ।

‘यस बीचमा भए गरेका काममा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन्,’ विश्वकर्माले बैठकपछि भने, ‘जुन ढंगले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त काममा केही सीमा रहे’, उनले भने, ‘जसकारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । अब निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौं ।’

नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले मोर्चाको कामको समीक्षा गर्दै आगामी दिनमा थप सशक्त बनाउने प्रस्ताव पारित भएको बताए ।

‘मोर्चाको कार्यक्रमिक प्रस्ताव परिमार्जनसहित पारित भएको छ भने विचार मिल्नेहरुलाई मोर्चामा आवद्ध गराउने निर्णय भएको छ’, हमालले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन