१३ साउन,। चितवनमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका– १८ गुञ्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्














