विज्ञापन

पाँचदिनदेखि हराएका दाजु–बहिनी खोलामा मृत भेटिए

विज्ञापन
Image
विज्ञापन

पाँचथर, साउन २० : पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुक्रबार बिहान हजुरबुबा–हजुरआमा बस्ने घरतर्फ हिँडेका दाजु–बहिनी त्यसैदिनदेखि सम्पर्कविहीन रहेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक कौशल कुमार बुढाथोकीले दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ। यद्यपि थप अनुसन्धान भइरहेको उनले बताए।

बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयवासी लगातार खोजीमा जुटेका थिए।

चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा उनीहरूको शव भेटिएको हो। शव फेला परेपछि यतिवेला गाउँ नै शोकमा डुबेको छ।

शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन