काठमाडौँ । काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज हुने वातावरण निर्माण गर्ने भन्दै महिनौं अगाडि कन्क्रिट हटाउने काम सुरु गरेको थियो । तर अहिले सोही क्षेत्रमा अहिले पुनः सिमेन्ट हालेर कन्क्रिट बनाउने प्रयास भएपछि विवाद चुलिएको छ।
महानगरले सम्पदा क्षेत्रअन्तर्गत पर्ने सडक विस्तारमा पुरानो ढुङ्गा र कन्क्रिट हटाएर ‘वाटर रिचार्जेबल’ संरचना बनाउने भनिएको थियो। तर, आज बसन्तपुरसहितका क्षेत्रमा पुरानो कालोपत्रे (पिच) नहटाईकन सीधै सिमेन्ट थपेर कन्क्रिट हाल्न लागिएको दृश्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो।
स्थानीयबासी र सरोकारवालाहरूको गुनासोपछि काठमाडौं महानगरकी उप–मेयर सुनिता डंगोल आफैँ स्थलगत निरीक्षणमा पुगेकी थिइन्।
प्रतिक्रिया जनाउनुहाेस्









