काठमाडौँ । सरकारले प्रशासकीय अदालतको अध्यक्षमा डा.टेकबहादुर घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।यस्तै उक्त अदालतको सदस्यहरूमा किशोर यादव र आलोक चन्द्र श्रेष्ठलाई नियुक्त गर्नेनिर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्















