विज्ञापन

युट्युब चार्ट्सको ट्रेन्डिङमा ‘गोबर गणेश’ को ट्रेलर

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्देशित र अभिनित फिल्म ‘गोबर गणेश’ दर्शकमाझ प्रतीक्षित छ । सपना पूरा गर्न गाउँबाट सहर आइपुगेको पात्रले गर्ने संघर्षको कथालाई मर्मस्पर्शी र हाँस्यशैलीमा प्रस्तुत गरिएको छ ।

केही दिनअघि सार्वजनिक भएको ट्रेलरले कथावस्तुलाई संक्षिप्तरुपमा प्रस्तुत गर्छ । ट्रेलर युट्युब चार्ट्समा ट्रेन्डिङ भैरहेको छ ।

यो समाचार लेख्दासम्म ट्रेलरलाई युट्युबमा २२ लाख पटक हेरिएको छ । युट्युबले ट्रेन्डिङ पृष्ठ हटाएपनि युट्युब चार्ट्स ट्रेन्डिङ थाहा पाउने एउटा विकल्प हो ।

जहाँ, अन्य विदेशी फिल्मको ट्रेलरलाई उछिन्दै ‘गोबर गणेश’ शीर्षस्थानमा छ । “दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ’ बल्छी धुर्बे भन्छन्, ‘सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ सबै नेपालीको कथालाई उठान गरिएको र सबैले रुचाउने आशा उनले व्यक्त गरे ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेको पनि अभिनय छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन