विज्ञापन

यातायात पूर्वाधारविज्ञ गजुुरेल सिन्धुली २ बाट रास्वपा उम्मेदवार

विज्ञापन
Image
विज्ञापन

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ आशिष गजुरेललाई उम्मेदवार बनाएको छ ।

यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । रास्वपाबाट उम्मेदवार बन्ने टुंगो लागेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।

गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।

नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियान्ताका रूपमा चिनिन्छ ।

सिन्धुली–२ गजुरेलको गृहक्षेत्र हो । विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन