विज्ञापन

स्वास्थ्यमा बचतको अवसर: नागरिक लगानी कोष–बुटवल हस्पिटल सहकार्य

विज्ञापन
Image
विज्ञापन

बुटवल । नागरिक लगानी कोष र बुटवल हस्पिटल प्रा.ली.बीच स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउने उद्देश्यसहित महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सहमतिसँगै कोषमा आबद्ध कर्मचारी तथा सम्पूर्ण सहभागिहरुले अब बुटवल हस्पिटल प्रा.ली.मा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १०% छुट पाउने भएका छन्।

सम्झौतामा बुटवल हस्पिटल प्रा.ली.का अध्यक्ष श्री चुन्नु प्रसाद पौडेल तथा नागरिक लगानी कोष, लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखा प्रमुख श्री कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। यस सहकार्यलाई स्वास्थ्य सेवा पहुँचलाई अझ सहज र किफायती बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

निजी क्षेत्रबाट सञ्चालित बुटवल हस्पिटल प्रा.ली. लुम्बिनी प्रदेशकै स्तरीय स्वास्थ्य संस्था मानिन्छ। १०० शैयाको क्षमता रहेको यस अस्पतालले २४ सै घण्टा प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ, जसले स्थानीय बासिन्दाको विश्वास जित्न सफल भएको छ।

सम्झौता अनुसार, नागरिक लगानी कोषअन्तर्गत सञ्चालित सावधिक जीवन बीमा, कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता अवकाश कोष योजना तथा नागरिक पेन्सन योजनामा आबद्ध सहभागिहरुले उक्त छुट सुविधा लिन सक्नेछन्। सेवा प्राप्त गर्नका लागि कोषले उपलब्ध गराएको सक्कल परिचय पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

नागरिक लगानी कोषले सर्वसाधारणलाई बचत तथा लगानीतर्फ आकर्षित गर्दै विभिन्न योजनामार्फत आर्थिक सुरक्षाको आधार निर्माण गर्दै आइरहेको सन्दर्भमा, यस्तो सहकार्यले सहभागीहरूलाई थप सुविधा र राहत प्रदान गर्ने विश्वास लिइएको छ।

यस सम्झौताले कोषमा आबद्ध सेवाग्राहीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा अझ सुलभ, सहज र किफायती बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन