विज्ञापन

सिद्धबाबा सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न, कात्तिक मसान्तभित्रै सवारी सञ्चालनको तयारी

विज्ञापन
Image
विज्ञापन

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिमपूर्ण मानिएको दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ७० प्रतिशत भौतिक प्रगति पूरा भएको छ। आयोजनाले दिएको जानकारीअनुसार हाल सुरुङमार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत पुगेको छ।

यसअघि असोज मसान्तभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि खराब मौसमका कारण केरुङ नाकामा निर्माण सामग्री रोकिएपछि काममा सामान्य ढिलाइ भएको थियो। सोही कारण एक महिना म्याद थप गरेर आगामी कात्तिक मसान्तभित्र सुरुङमार्गमा यातायात सञ्चालन गर्ने गरी तीव्र गतिमा काम भइरहेको आयोजनाकी इन्जिनियर निशा बेल्वासेले बताउनुभयो।

प्रमुख विशेषता तथा प्रगति विवरण:

ठेक्का तथा लागत: दुवैतर्फको रिबसहित ११२६ मिटर लम्बाइको यो सुरुङमार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा सम्झौता भएको थियो।

भइरहेका कामहरू: चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’द्वारा मुख्य सुरुङको सिभिलतर्फको काम सम्पन्न गरी अहिले विद्युतीकरण र प्रवेशद्वारको फिनिसिङ कार्य भइरहेको छ। आपत्कालीन निकासका लागि ३ वटा बाइपास सुरुङ समेत खसिएका छन्।

थप सुरक्षात्मक योजना: सुरुङमार्गबाट सवारी सञ्चालनमा आएपछि बाहिरी सडकको स्तरोन्नति, रक नेट, रक सेड, स्लोप प्रोटेक्सन तथा बाइपास सडक निर्माणमार्फत साढे ३ किलोमिटर सडक क्षेत्रलाई सुरक्षित बनाउने योजना छ। साथै, बाहिरको जोखिमयुक्त क्षेत्रमा पैदलयात्रुहरूका लागि रक सेडभित्रको बाटो प्रयोगमा ल्याइनेछ।

यातायातमा सहजता:
पाँच वर्षमा निर्माण सक्ने लक्ष्यसहित सुरु गरिएको यस आयोजनाको निर्माण सम्पन्न भएपछि तराई र पहाड तथा लुम्बिनी र गण्डकी प्रदेशबीचको आवतजावत पूर्णरूपमा सुरक्षित, भरपर्दो र सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन