विज्ञापन

राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

विज्ञापन
Image
विज्ञापन

४ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भारत ए सँग प्रतिस्पर्धा गर्दैछ ।

कतारको दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदैँ छ भने भारत ए को कप्तान तिलक वर्मा छन् ।

भारतको टोलीमा वैभव सूर्यवंशी, अभिषेक शर्मा, रिंकु सिंहजस्ता स्टार खेलाडीहरू छन् ।

समूह ‘बी’ अन्तर्गत आजै हुने अर्को खेलमा पाकिस्तान ए र यूएई पनि खेल्ने छन् । उक्त खेल दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसपछि आइतबार पाकिस्तान ए सँग आइतबार अनि यूएईसँग मंगलबार खेल्नेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन