१४ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सबाट खेल्नका लागि पहिलो विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मूर्स बिहीबार राति काठमाडौं आइपुगेका हुन् । उनलाई टिमका अफिसियलहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

लुम्बिनीका अन्य विदेशी खेलाडीमा अस्ट्रेलियाका स्टार अलराउण्डर बेन कटिङ, क्यानडाका कीर्तिमानी अलराउण्डर साद बिन जफर, अमेरिकाका भारतीय खेलाडी उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमण्ड्स छन् ।

मूर्सबाहेक अन्य खेलाडी आउन बाँकी छ । लुम्बिनीले आफ्नो पहिलो खेल बुधबार दिउँसो सवा १ बजे विराटनगर किंग्ससँग खेल्ने छ ।

टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् । उनीसँगै राष्ट्रिय टोलीका विस्फोटक ब्याटर सन्दीप जोरा तथा राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, अर्जुन साउद र सूर्य तामाङ पनि टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0