विज्ञापन

नेपाल र स्कटल्याण्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल वर्षाले रद्द

विज्ञापन
Image
विज्ञापन

१८ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ को तयारीमा रहेको नेपाल र स्कटल्याण्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

शनिबारको खेल ४५ ओभरमा सीमित गरिएको थियो । नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटमा २५३ रन बनाएको थियो । गुल्शन झाले ६४, रोहित पौडेलले ६१ र भीम सार्कीले ५७ रन बनाए ।

जवाफमा स्कटल्याण्ड ‘ए’ ले १३ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । २० ओभर नपुरा भएकाले डिएल प्रणाली लागू हुन सकेन ।

पहिलो अभ्यास खेलमा नेपाल १०२ रनले पराजित भएको थियो । अब नेपालले सोमबारदेखि लिग २ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग २–२ खेल खेल्नेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन