विज्ञापन

बुटवलमा दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता — ५०० बढी खेलाडी, प्रशिक्षकको सहभागिता रहने

विज्ञापन
Image
विज्ञापन

बुटवल — नेपाल हाप्किडो संघको आयोजनामा बुटवलमा “दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगिता असार ५ गतेदेखि ७ गतेसम्म देविनगरस्थित नविन औद्योगिक मीविको मैदानमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा देशभरका सातै प्रदेशबाट छानिएका उत्कृष्ट खेलाडीहरू सहभागी हुनेछन्। ५ सयभन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ। प्रतियोगिताको उद्देश्य खेलाडीहरूको क्षमता अभिवृद्धि, अनुशासन, राष्ट्रिय एकीकरण, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि योग्य खेलाडीको छनौट गर्नु हो।

नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालि बहादुर मगरका अनुसार प्रतियोगितामा फाइटिङ (Sparring), सेल्फ-डिफेन्स (Self Defense / Demonstration), तथा हाई फल / लङ फल (High Fall / Long Fall) जस्ता मुख्य इभेन्टहरू समावेश गरिने छन्। खेलहरू क्याडेट, जुनियर र सिनियर डिभिजनमा विभाजन गरी पुरुष तथा महिला दुवै समूहका लागि तौल, उमेर र बेल्टअनुसार प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्ने कार्यक्रम संयोजक काली बहादुर घर्ती मगरले जानकारी दिएका छन्। संघले प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन र खेल संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने महत्त्वपूर्ण कदमका रूपमा लिएको बताएको छ।

अध्यक्ष मगरले राष्ट्र निर्माणको साझा अभियानमा खेलको माध्यमबाट योगदान पुर्‍याउन सबै पक्षलाई सहयोगको आग्रह गरेका छन्। प्रतियोगिता आयोजना गर्न करीब ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन