विज्ञापन

अमेरिकी सिनेटरहरूको आग्रह : नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर

विज्ञापन
Image
विज्ञापन

२७ भदौ, वाशिङ्गटन डिसी । अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् ।

सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षासाथै नागरिकहरूविरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन पनि उनीहरुले अपिल गरेका छन् ।

नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य भएको भन्दै उनीहरुले पीडित र उनीहरूको परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् । गर्नु वाञ्छनीय रहेको छ ।’

शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन