काठमाडौं, भदौ ५ – जेनजी आन्दोलनका क्रममा देखिएका कालो पोशाक र नकाबधारी युवाको तस्वीर सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ। शिरदेखि पाउँसम्म कालो पहिरन, मुख ढाक्ने मास्क, कालो चश्मा, बडी प्रोटेक्सन ज्याकेट र वाकिटकीसहित देखिएका ती हट्टाकट्टा युवाबारे धेरैजसोले प्रश्न उठाइरहेका थिए।
सामाजिक सञ्जालमा कतिपयले उनीहरूलाई ‘घुसपैठिए’ भएको आरोपसहित आलोचना गरेका थिए। तर, प्रहरीले अनुसन्धान गरेपछि ती युवा वास्तवमा ‘हामी नेपाल’ टिमका सदस्य जेनिश महर्जन भएको तथ्य सार्वजनिक भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पहिचान गरेको हो। सो टिमका संयोजक सुदन गुरुङले पनि प्रहरीले दिएको जानकारीलाई पुष्टि गर्दै भने, “उनी हाम्रो २१ वर्षीय सदस्य जेनिश महर्जन हुन्।”
कालो ड्रेस लगाउने कारण
जेनिशले यस्तो पहिरन लगाउनु आफ्नो व्यक्तिगत रुचिका कारण रहेको बताइएको छ। जाजरकोट भूकम्पका बेला उद्धार कार्यमा संलग्न हुँदा उनले सेनाले लगाएको यस्तै पोशाक देखेका थिए। त्यसबेलादेखि आकर्षित भई उनले आफैं त्यस्तो ड्रेस खरिद गरी लगाउने गरेका रहेछन्।
वाकिटकीको प्रयोग
त्यो दिन जेनिशले वाकिटकी पनि बोकेका थिए। ‘हामी नेपाल’ टिमले तीनवटा वाकिटकी प्रयोग गर्ने गरेको र तीमध्ये एउटा जेनिशसँग, अर्को मेडिकल टोलीसँग र अर्को एम्बुलेन्ससँग रहेको संयोजक गुरुङले जानकारी दिए।
आन्दोलनमा जेनिशको जिम्मेवारी
जेनजी आन्दोलनका क्रममा जेनिशलाई घाइते demonstratorहरूलाई उद्धार गर्ने, एम्बुलेन्ससँग सम्पर्क गर्ने र अस्पतालसम्म पुर्याउने जिम्मेवारी दिइएको थियो।















