विज्ञापन

विवादमा डा. संगीता, स्वास्थ्यमन्त्रीको अवसर गुम्यो

विज्ञापन
Image
विज्ञापन

६ असोज, काठमाडौं । स्वास्थ्यमन्त्री बन्ने पक्कापक्की भएजस्तो देखिए पनि अन्तिम समयमा डा. संगीता कौशल मिश्राको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिसकेकी थिइन् तर अख्तियारमा रहेका फाइल, उपकरण खरिद विवाद, ६ महिनाभन्दा लामो अनुपस्थिति लगायतका कारण उनका विरुद्ध गम्भीर प्रश्न उठेपछि प्रधानमन्त्री कार्यालयले नाम ‘होल्ड’ गर्दै पन्छाएको हो।

डा. मिश्राले आइतबार नै अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएर मन्त्रालयको नेतृत्व लिन तयारी गरेकी थिइन्। तर, अख्तियारले स्वास्थ्य उपकरण खरिदमा अनियमितता, म्यामोग्राम मेसिनविनाको बक्सा बुझाएर रकम भुक्तानी गरेको उजुरीमा अनुसन्धान चलाइरहेका कारण उनको नाम विवादित रह्यो। यस्तै, ११औं तहमा नियुक्ति पाउँदा लोकसेवामा फर्जी विवरण बुझाएको आरोपसमेत पुनः चर्चामा आयो।

उनको लामो अनुपस्थिति पनि ठूलो कारण बन्यो। स्वास्थ्य सचिव नबनेपछि उनले लगातार ६ महिना बिदा बस्दै मन्त्रालयलाई असहयोग गरेको आरोप छ। तर मन्त्री बन्ने संकेत पाएलगत्तै फर्किएर दुई दिनमै राजीनामा दिएकी उनको महत्त्वाकांक्षाले पनि आलोचना बढाएको छ।

डा. संगीता यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति अस्पतालको नेतृत्व गरिसकेकी थिइन्। उनी स्वास्थ्य मन्त्रालयमा चलाख र महत्वाकांक्षी पात्रका रूपमा चिनिन्छिन्। तर, अख्तियार छानबिन, पुराना उजुरी र वरिष्ठता विवाद टुंगोमा नपुग्दै मन्त्रालयको नेतृत्व लिन खोज्दा उनलाई गम्भीर चुनौती व्यहोरिएको देखिन्छ।

अन्ततः, अन्य चार मन्त्री शपथ खाए पनि डा. मिश्राको नाम भने काटियो। यससँगै अतिरिक्त सचिवबाट राजीनामा दिएर मन्त्री बन्ने सपना देखेकी उनको महत्त्वाकांक्षा अधुरै रह्यो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन