पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट हाल कायम मन्त्रालय फुटाएर ९ वटा कायम गरिएसँगै एमालेबाट ४ जना मन्त्री थपिने भएका छन् ।

एमालेले मन्त्रीको नाम दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । एमाले मन्त्रीको नाम टुङ्ग्याउने अन्तिम कसरतमा जुटेको छ । दलका नेता खगराज अधिकारी यसैका लागि शनिवार काठमाडौँ गएका थिए । उनी पोखरा फर्किसकेका छन् ।

यसअघि मन्त्री बनेकाहरूलाई नदोहोर्‍याउने सार्वजनिक रूपमै अधिकारीले घोषणा गरिसकेका छन् । त्यसैले चारै जना मन्त्रीहरू नयाँ अनुहारका हुने पक्काजस्तै रहेको नेताहरूको भनाइ छ ।

एमालेले मन्त्री छनोटको ठ्याक्कै मापदण्ड बनाएको त छैन । तर गण्डकीमा मन्त्री छान्दा भूगोल, जातीय क्लष्टर र लैङ्गिक हिसाबले सन्तुलन मिलाउनुपर्छ ।

जसअनुसार एमालेले पद्या जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने तयारी गरेको नेताहरूको भनाइ छ । यस्तै, बागलुङका कृष्ण पाठक पनि मन्त्री बन्ने निश्चितजस्तै छ । यसैगरी कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल पनि मन्त्री बन्दैछन् । उनीहरूको जिम्मेवारी भने छलफलकै क्रममा रहेको बताइएको छ । @रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0