काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरू समितिका सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरू बुँदामा टेकेपछि समिति सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुन जुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौँ त्यो सदस्यहरूलाई थाहा हुनुपर्‍यो । थाहा गराउने व्यवस्था छ की छैन ?’

साथै उनले प्रत्यायोजित विधायनमा रहेका शुल्कका कुराहरू र कार्यविधिका कुराहरू चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0