विज्ञापन

काठमाडौँ महानगरमा मेयर र उपमेयरबीचको संवादहीनता तोडियो, कार्यपालिका बैठक डाकिने तयारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं — लामो समयदेखि देखिएको काठमाडौँ महानगरपालिकाभित्रको प्रशासनिक गतिरोध अन्ततः हट्ने संकेत देखिएको छ। मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीचको संवादहीनता अन्त्य हुँदै कार्यपालिका बैठक तथा नगर सभा बोलाउने सहमति बनेको छ।

बुधबार काठमाडौँ प्लाजामा उपमेयर डंगोलसहित तीन वडाध्यक्षहरूसँग मेयर शाहले छलफल गरेका थिए। उक्त छलफलपछि कार्यपालिका बैठक डाक्ने र महानगरका नियमित काम अघि बढाउने विषयमा सकारात्मक सहमति बनेको वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए।

छलफलमा सहभागी अन्य दुई वडाध्यक्ष वडा–१७ का नवीन मानन्धर र वडा–३२ का नवराज पराजुली थिए। छलफलपछि डंगोलले भने, “उपमेयर सहितको छलफल सकारात्मक रह्यो। अब चाँडै कार्यपालिका बैठक र नगर सभा बस्ने विश्वास गरिएको छ।”

गत पुस १४ गतेयता काठमाडौँ महानगरको कार्यपालिका बैठक बस्न सकेको थिएन। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको नियुक्ति तथा भूमिकालाई लिएर मेयर र उपमेयरबीच विवाद चुलिएको थियो, जसका कारण कार्यपालिका बैठक अवरुद्ध हुँदै आएको थियो।

करिब अढाई महिनासम्म मेयर र उपमेयरबीच संवाद समेत बन्द भएको अवस्थामा बुधबारको छलफललाई संवाद पुनर्स्थापनाको महत्वपूर्ण प्रस्थानबिन्दु मानिएको छ।

अब काठमाडौँ महानगरका स्थगित योजनाहरू, नीति तथा बजेट कार्यान्वयन, सार्वजनिक सेवा र अन्य महत्त्वपूर्ण निर्णय प्रक्रियाहरू अघि बढ्ने अपेक्षा गरिएको छ। मेयर शाहले छिट्टै कार्यपालिका बैठक बोलाउने तयारीमा रहेको जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन