३ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० सय रुपैयाँले घटेको हो ।
हिजो बुधबार पनि सुन तोलामा ६ हजार ३०० सय रुपैयाँले घटेको थियो ।
आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको महासंघले जनाएको छ । हिजो बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

















