विज्ञापन

संसद् अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादी छुट्टै छलफलमा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं — संसद् अवरोध हटाउने विषयमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टै छलफलमा जुटेका छन्। संसद् कार्यसूचीमा प्रवेश गर्न नसकेको १६ औँ दिनमा ती दलहरूले समस्या समाधानका लागि अनौपचारिक संवाद बढाएका हुन्। आज दिउँसो २ बजे तिनै दलबीच औपचारिक बैठक बस्ने तय गरिएको छ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ। विपक्षी दलहरूले गृह मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका छन्।

एमाले र माओवादी नेताहरूको भनाइमा, सत्तापक्ष लचक भए संसद् सञ्चालनमा सहमति जुट्न सक्छ। अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा सम्बन्धी छानबिन गरिरहेको सन्दर्भमा, २०६४ सालदेखि हालसम्मको अपारदर्शी आर्थिक लेनदेनबारे अध्ययन गर्न सरकार छुट्टै संयन्त्र बनाउने प्रस्तावमा सहमति जुट्ने सम्भावना देखिएको छ। कांग्रेस, एमाले र माओवादी यसबारे एकमतमा रहेको एमाले नेताहरूले बताएका छन्।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझै पनि संसदीय छानबिन समिति गठनको अडानमा अडिग छ। रास्वपाले कुनै पनि वैकल्पिक संयन्त्रको प्रस्ताव स्वीकार नगर्ने जनाइसकेको छ, जसले गर्दा सहमति प्रक्रियामा अझै अप्ठ्यारो देखिएको छ।

आजको छलफलले संसद् अवरोध खुलाउने मार्ग तय गर्ने सम्भावना भएकाले दलहरूबीचको बैठक निर्णायक बन्न सक्ने राजनीतिक विश्लेषणहरू भइरहेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन