विज्ञापन

बजेटको विरोधमा सांसद बजगाईं संसद्को बाल्कोनीमा उभिए

विज्ञापन
Image
विज्ञापन

असार १, काठमाडौं — प्रतिनिधिसभामा बजेटको विरोध गर्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं आइतबार संसद्को दर्शक दीर्घा (बाल्कोनी) मा उभिएका छन्। गोरखा जिल्लाका लागि आवश्यक बजेट विनियोजन नभएको भन्दै उनले संसदको औपचारिक कार्यसूची चलिरहेकै बेलामा अनौपचारिक विरोध प्रदर्शन गरेका हुन्।

बजगाईं केही समयका लागि दर्शक दीर्घामा बसेर विरोध जनाएपछि फेरि सांसदहरूको स्थानमा फर्किएका थिए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोरखाका लागि लामो समयदेखि विनियोजिँदै आएको बजेटसमेत यसपटक कटौती गरेको भन्दै गुनासो गरेका छन्।

बजगाईंका अनुसार सरकारले जानाजानी गोरखालाई विकास बजेटबाट वञ्चित गरेको छ। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गोरखालाई “लुकेको कर्णाली” भनेको स्मरण गराउँदै बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा प्रतिबद्धता देखाए पनि अहिलेको सरकारले त्यसको विपरीत व्यवहार गरेको बताए।

भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालप्रति आक्रोश व्यक्त गर्दै बजगाईंले मन्त्री जनताको भावना र लोकतान्त्रिक मूल्य नबुझ्ने पात्र भएको टिप्पणी गरे। उनले स्रोत साधनको समान वितरण लोकतन्त्रको आधारभूत तत्त्व भए पनि मन्त्रालयको बजेट वितरण त्यसअनुसार नआएको आरोप लगाए।

उनको भनाइमा, दुई आर्थिक वर्षमा गोरखाका लागि सुनिश्चित गरिएका करिब चार दर्जन बजेट शीर्षकहरू हटाइएका छन्, जसलाई उनले ‘अन्यायपूर्ण र दुर्भाग्यपूर्ण’ भनेका छन्। भौतिक पूर्वाधार मन्त्री देशको भूगोल र जनताको अपेक्षालाई बेवास्ता गर्नेमध्येका एक भएको उनको आरोप छ।

गोरखाली जनताको प्रतिनिधिका रूपमा आफूले संसदमा आवाज उठाएको र मन्त्रीको निर्णयको कडा भर्त्सना गर्ने भन्दै उनले संसदको दर्शक दीर्घा जानुलाई प्रतीकात्मक विरोधको रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन