विज्ञापन

“देश निर्माणका लागि प्रचण्डको विकल्प छैन” – अग्नि सापकोटा

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश निर्माणको अक्षम्य नेतृत्वका रूपमा चित्रण गर्दै, हालको सन्दर्भमा उहाँको कुनै विकल्प नरहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै सापकोटाले “देश बनाउन प्रचण्डकै नेतृत्व जरुरी छ भन्ने कुरा हामी पहिलेबाट बुझिरहेका थियौं, अहिले जनता स्वयंले पनि बुझ्न थालेका छन्,” भनेका थिए।

उनले माओवादी केन्द्रको देश दौडाहाका क्रममा अन्य दलका जनप्रतिनिधिहरुले समेत पार्टीलाई स्वागत गरेको र ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै, कांग्रेस र एमालेप्रति जनताको मोह कम हुँदै गएको तर्क गरे। “जनता अब ती पार्टीहरूबाट अघाइसकेका छन्, माओवादीको लागि बाटो खुलिरहेको छ,” सापकोटाले दाबी गरे।

त्यस्तै, सापकोटाले नेपाली कांग्रेसलाई ‘प्रजातान्त्रिक सामन्तहरुको पार्टी’ भन्ने आरोप लगाउँदै, एमालेभित्रको असन्तोषले आफ्नै कार्यकर्ताहरू पनि लाज मान्ने अवस्थामा पुगेको बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन